मंसिर ०७, २०८१, शुक्रबार
               

कैलालीको सहारा घरमा पुष्पले गरे सहयोग

नेपाल फ्ल्यास
माघ ०३, २०७६

ADVERTISEMENT

नायक पुष्प खड्का अहिले आफ्नो गृह जिल्ला कैलाली पुगेका छन् । त्यहाँ आयोजित बर्दगोरिया माघी मेलाको लागि उनी कैलाली पुगेका हुन् ।

 
गृह जिल्ला पुगेका पुष्पले त्यहाँ रहेको सहारा घरलाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका छन् । सहारा घरले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिदैँ आएको छ । उनीहरुको हेरचाहमा केही सहयोग होस् भन्ने उद्येश्यले उक्त रकम रहयोग गरेको पुष्प बताउँछन् ।

पुष्पले आफ्नै जिल्लामा रहेको सहारा घरको विभिन्न भिडियोहरु हेरिरहन्थे । त्यहाँको सहारा घरको कामले पुष्पलाई लोभ्याएको थियो । उनलाई पहिल्यैबाट सहयोग गर्ने मन थियो । त्यसैले गृहजिल्ला गएको अवसरमा सहयोग गरेको पुष्प बताउँछन् । 

पुष्प उक्त मेलाको लागि कलाकारको रुपमा त्यहाँ पुगेका थिए । त्यहाँबाट आएको पारिश्रमिकबाट ५० हजार सहयोग गरेको पुष्पले बताएका छन् । उनले भने, ‘मेरो पारिश्रमिकको केही उहाँहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’

‘अझै पनि’बाट डेब्यु गरेको पुष्प पछिल्लो समयका व्यस्त नायकमा गनिन्छन् । ‘दर्पण छाया २, मंगलम, मारुनी’ जस्ता चलचित्रबाट उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् । पुष्पले हालै चलचित्र ‘चालबाज’को छायांकन सकाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि