मंसिर ०७, २०८१, शुक्रबार
               

'दि कर्मा'को एक दृष्यमा सेन्सरको आपत्ति

नेपाल फ्ल्यास
माघ ०६, २०७६

ADVERTISEMENT

चलचित्र ‘दि कर्मा’ सेन्सर पास गरेको छ । नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समिति ‘सेन्सर’बाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् ।

त्यस्तै, सेन्सर बोर्डले चलचित्रको एक दृष्यमा औला उठाएको छ । एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न सेन्सर बोर्डले निर्देशन दिएको छ ।

माघ १७ गतेबाट रिलिज हुन लागेको यस चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय छ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको चलचित्रलाई जय राज रायले निर्माण गरेका हुन् । चलचित्रको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । ‘दि कर्मा’को पटकथा तथा संवाद सुशिल पोखरेलको हो । 

चलचित्रमा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको पनि लगानी रहेको छ । चलचित्रमा शारदा खड्का अर्याल सह-निर्माताको रुपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि