केही दिन अगाडि नायिका स्वस्तिमा खड्का अमेरिक चलचित्रमा अनुबन्धित भएको समाचार बाहिरियो ।
अमेरिकन टिमले निर्माण गर्न लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा सँगै अर्की एक नायिकाले पनि काम गर्ने निधो भएको छ । उनी हुन्, केकी अधिकारी ।
केकी र स्वस्तिमा दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । निर्माण पक्षले अडिसन लिएर नै स्वस्तिमा र केकीलाई चलचित्रमा अनुबन्धित गरेको हो ।
चलचित्रमा केकी र स्वस्तिमा भुटानी शरणार्थीको भूमिकामा प्रस्तुत हुनेछन् । अन्य कलाकार भने अमेरिकन नै हुनेछन् ।
कोरोनाको त्रास सकिएपछि छायांकन हुने यस चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।