केही दिन देखि नायिकाहरुको अनुहार प्रयोग गरेर बनाइएका गलत अश्लिल भिडियो सार्वजनिक भइरहेको छ । गलत अश्लिल भिडियो बनाएर चरित्रहत्य गर्न खोजेको भन्दै कलाकार संघले प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् ।
मंगलबार संघका अध्यक्ष रविन्द्र खड्का सहित टोलीले टेकुमा उजुरी दिएको हो । गलत अश्लिल भिडियोले नायिकाहरुलाई मानशिक तनाव दिएको भन्दै प्रहरी परिसरमा उजुरी दिइएको हो ।
पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ ।
उजुरी दर्ता भएपछि प्रहरीले यस विषयमा तत्काल छानविन गर्ने प्रतिवद्धता देखाएको छ ।