चलचित्र विकास बोर्ड नेपाल अध्यक्ष बिहिन भएको लामो समय बित्यो । केशव भट्टराईको मृत्युपछि बोर्ड अध्यक्ष बिहिन बनेको छ ।
केही समय अगाडि सरकारले विकास बोर्ड अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । जसमा १० जना चलचित्रकर्मीले आफ्नो आवेदन बुझाएका थिए ।
आवेदन दिएका १० को अन्तरवर्ता पनि सकिएको छ । जसबाट सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले उत्कृष्ट ३ जानाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्माता भुवन केसी र संस्कृतिकर्मी राजेश थापा रहेका छन् ।
स्रोतका अनुसार अब बस्ने मन्त्रीपरिसद्को बैठकले नयाँ बोर्ड अध्यक्षको चयन गर्नेछ । उत्कृष्ट ३ मा पनि विशेषगरी दयाराम दाहालको नाम अग्रपन्तिमा सुनिएको नाम हो ।