एजेन्सी । भारतीय चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको समाचार यतिबेला विभिन्न भारतीय समाचारमा भाइरल बनेको छ ।
अमिताभका छोरा एवं अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । अहिले उनीहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ ।
परिवारका सदस्यको रिपोर्ट भने आज आउने समाचारमा जनाइएको छ । कोरोना परिक्षणको क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।