मंसिर ०६, २०८१, बिहीबार
               

अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना संक्रमण, माेदीद्वारा स्वास्थ्यलाभकाे कामना

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

अभिनेता खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जानकारी सोसल साइट ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले आमालाई कोरोना पुष्टि भएपछि भाइबुहारी र अन्य परिवारका सदस्य क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएपछि आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन् । 

अस्पतालमा भर्ना गरिएको थाहा पाएपछि प्रधानमन्त्री माेदीले ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि