मंसिर ०६, २०८१, बिहीबार
               

इन्काउन्टरमा मारिएका विकास दुवेमाथि फिल्म बनाउने तयारी

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

प्रहरी इन्काउन्टरमा मारिएका ग्याङस्टार विकास दुवेमाथि फिल्म बन्ने भएको छ । एक साताअघि भारतको उत्तर प्रदेशको कानपुरमा ८ प्रहरीलाई मारेर फरार रहेका दुवे हिजो मध्यप्रदेशको उज्वैनमा पक्राउ परेका थिए ।

मनोज बाजपेयी अभिनित फिल्म भोशलेको निर्माण समूहले यसअघि नै उनीमाथि फिल्म बनाउने तयारी गरिरहेको थियो । आज बिहान प्रहरीबाट उम्किन खोज्दा दुवे इन्काउन्टरमा परेका हुन् । फिल्मी शैलीमा उनी मरिएका हुन् । उनलाई लिएर हिँडेको प्रहरीको गाडी दुर्घटनामा परेको थियो ।

निर्माता सन्दीप कपुरलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले फिल्म बन्ने तयारी भएको पुष्टि गरेको छ। 'अहिले हामी प्लानिङ फेजमा नै छौं । मनोज बाजपेयीसँग यसबारेमा कुराकानी पनि भइसकेको छ तर कुनै कन्ट्र्याक्ट भने भइसकेको छैन,' निर्माता कपुरले भनेका छन्, 'मनोजले फिल्मको स्क्रिप्टमा काम गर्न भनेका छन् । तपाईँहरुलाई थाहै छ हामी स्क्रिप्ट चित्त नबुझी काम थाल्दैनौं ।'

उनले मनोज बाजपेयीलाई फिल्मको महत्वपूर्ण भूमिकामा देखिन सक्ने संकेत गरेका छन् ।

'हामी एउटा राम्रो कथा सहितको फिल्म लिएर आउन चाहन्छौं । त्यसका लागि कुनै कसर छोड्ने छैनौं,' कपुरले भनेका छन्, 'आज यत्रो घटना पनि भयो । म अझै लेखक र निर्देशकको खोजीमा छु । यी सबै कुरा मिलेपछि हामी प्रोजेक्टको अनाउन्समेन्ट गर्नेछौं ।'

आज मारिएका ग्याङ्स्टार दुवेमाथि उत्तर प्रदेशमा मात्र ६२ वटा अपराधिक केसहरु रहेका छन् । तीमध्ये पाँचवटा त हत्याकै केस रहेका छन् । त्यसबाहेक आठवटा हत्याकै केसमा कुनै न कुनै रुपले जोडिएका छन् ।

बिहीबार पक्राउ परेका दुवे आज बिहान मारिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि