बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्विट गरेर ऐश्वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएका हुन् ।
दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ ।
यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोान संक्रमण देखिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।