काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ । खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन् ।
अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट निगेटिभ आएको जानकारी दिएकी छन् ।
यसअघि बलिउडका महानायक अमिताभ बच्चनको परिवारमा अमिताभसहित अभिषेक बच्चन, उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना संक्रमित भएका छन् । यसै गरी अभिनेता अनुपम खेरकी आमा र भाइको परिवारसमेत कोरोना संक्रमण भएको छ ।
यसअघि गायिका कनिका कपुरसहित अन्य कैयौं कलाकार, निर्देशक र निर्माताहरु संक्रमित भएका छन् । भारतमा तीव्रगतिमा फैलिएको कोरोनाबाट अहिलेसम्म २३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ९ लाखभन्दा बढी संक्रमित भएका छन् ।