जापानी सुपरस्टार अभिनेता हारुमा मिउराको निधन भएको छ ।
एरामाजापानका अनुसार ३० वर्षीय मिउराको शव उनको घरमा भेटिएको हो । शनिवार उनी काममा जाने कार्यतालिका रहे पनि बाहिर ननिसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मिउरले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
सन् १९९० जन्मेका उनले १९९७ सालमा टेलिभिजन नाटकमार्फत् नाट्ययात्रा सुरूवात गरेका थिए । उनले ३ दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनका फिल्ममध्ये ‘स्पेल बाउन्ड’, ‘किमी नी ताेदाेेेके’, ‘थाउजेन्ड इयर अफ लभ’, ‘अट्याक अन टाइटन’, ‘ब्रेभ: गुन्जाे सेन्की’लगायत थुप्रै चर्चित छन् ।