काठमाडौं । हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोनामुक्त भएका छन्।
सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो । आज कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।
फेसबुकमाभनेका छन्, "हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।" संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।