मंसिर ०७, २०८१, शुक्रबार
               

ओस्कार अवार्ड विजेता सर सिनको निधन

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

ओस्कार अवार्ड स्कटिस अभिनेता सर सिन कोनरीको मृत्यु भएको छ । उनको ९० वर्षको उमेरमा ज्यान गएको हो ।

७ दशक अभिनयमा सक्रिय उनी जेम्स बोन्डको भूमिकाका कारण चर्चित छन् । उक्त भूमिका ठूलो पर्दामा निर्वाह गर्ने पहिलो व्यक्ती हुन् ।

उनको छोराले बिबिसीलाई दिएको जानकारी अनुसार सर सिन केही दिनदेखि अस्वस्थ थिए ।

सन् १९८८ मा फिल्म द अनटचेबलका लागि अस्कर विजेता रहेका उनले द हन्ट फर रेड अक्टोबर, हाइल्यान्‍डर, इन्डियन जोन्स एण्ड द लास्ट क्रुसेड, द रक लगायतमा पनि अभिनय गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि