एजेन्सी । बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन् ।
करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्पको तस्विर सार्वजनिक गरेकी हुन् ।
उनले आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।
नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा नेहालाई अझ बढि ख्याल गर्नुपर्ने भन्दै कमेन्ट गरेका छन् ।
उक्त पोस्टमा रोहनले लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’