मंसिर ०६, २०८१, बिहीबार
               

कमेडियन राजपाल यादवद्वारा नाम परिवर्तन

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

एजेन्सी । भारतका चर्चित कमेडियन राजपाल यादवले ५० वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेका छन् । आफ्नो २२ वर्षको करियरपछि उनले नाममा थोरै परिवर्तन गरेका हुन् । अब राजपाल यादवको नाम राजपाल नौरंग यादव हुनेछ ।

यादवले आफ्नो बुवाको नाम नौरंग यादवबाट नौरंग ल्याएर राजपाल नौरंग यादव नाम राखेका हुन् । उनले भने, ‘मेरो बुवाको नाम नौरंग हो, यसको अर्थ ९ रङ्ग हो । नाम परिवर्तन गरेसँगै मैले बुवाको आर्शिवादको साथ नयाँ जीवनको सुरु गरेको छु ।’

आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।

सन् १९९९ मा ‘दिल क्या करे’ बाट फिल्मम डेब्यु गरेका यादवले बादशाह, फिर हेरा फेरि, खट्टा मिठा, दे दनादन, ढोल, भूतनाथ, चल चला चल, कुस्ती, चुपचुपके, रामाराम,  हलचल, मस्त, कम्पनी, गरम मसला, भागमभाग, कृश-३ मालामाल विक्ली, किक-२ लगायत  सयौं  हिन्दी फिल्ममा काम गरेका छन् । साथै, केही नेपाली चलचित्रमासमेत उनको अभिनय रहेको छ । पछिल्लो समय  यादवका हंगामा २, हैली चार्ली, टाइम टु डान्स, भुल भुलैया २ जस्ता फिल्म प्रदर्शनका क्रममा छन् ।


कस्तो लाग्यो ?

यो पनि