मंसिर ०६, २०८१, बिहीबार
               

सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

मुम्बई । अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बरमा राजस्थानमा राजसी ठाँटका साथ विवाह गर्दैछन् ।

यो जोडी सवाई माधेपुरको ७ सय वर्ष पुरानो एक किल्लामा विवाह गर्ने सुरसारमा छन् । जसको नाम सिक्स सेन्स फोर्ट बरवाडा हो । मूलरुपमा राजस्थानी शाही परिवारको सिक्स सेन्स फोर्ट बडवारामा दुई महल र चारढोका भित्र दुई मन्दिर छन् । ५ दशमलब ५ एकडको यो महल ६ मिटर उचाईको एक ठूलो चट्टानमा घेरिएको छ ।

फोर्टमा ४८ गेस्ट सुइट छ । इस्ट विंग सुइडबाट ग्रामीण इलाका देख्न सकिन्छ र वेस्ट विंग सुइटबाट बरवाडा गाउँ देखिन्छ ।ई–टाइम्सका अनुसार विक्की र कटरीनाको विवाह यही हुँदैछ । यो फोर्ट रणथंभौर नेशनल पार्कबाट ३० मिनेटको दुरीमा अवस्थित सवाई माधेपुरमा छ ।

यो फोर्ट १४ औं शताब्दीको किल्ला हो । जसलाई सिक्स सेन्स सेञ्चुरी र वेलनेस स्पामा परिवर्तन गरिएको छ । पुननिर्माण पछि यसको उद्घाटन अक्टोबरमा भएको हो ।

कटरीनाको वैवाहिक पहिरन सब्यसाँचीले तयार परिरहेकी छन् । विक्कीका पिता शाम कौशलले आफूलाई बधाई दिइरहेका व्यक्तिहरुसँग कुनै प्रतिक्रिया जनाएका छन् । कटरीनाको नजिकका मान्छेहरु पनि केवल छानिएका फोन मात्र रिसिभ गरिरहेका छन् । यो जोडीको विवाह ७ देखि डिसेम्बर ११ को बीच हुँदैछ । किनकी रिसोर्टको वेबसाइटमा यो पाँच दिनका लागि अनलाइन बुकिङ बन्द गरिएको देखाइएको छ ।

यो लग्जरी रिसोर्टमा फोर्ट सूइट र अरवाली सुइट छन् । जहाँ ३ व्यक्तिलाई एक रात बसेको मूल्य ६५ हजार देखि १ लाख २२ हजारसम्म छ । पाहुनाका लागि निःशुल्क खाना र वाइफाइ सुविधा दिइएको छ । चौथ माता मन्दिरका अलावा यो सहरमा गुर्जरोको एक आराध्य भगवान श्री देवनारायण तथा मीन भगवानको भव्य मन्दिर छ ।


कस्तो लाग्यो ?

यो पनि