मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनालाई जिती डिस्चार्ज हुनेहरुलाई मन्त्री र सांसदले गरे बिदाइ

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोनालाई जिती डिस्चार्ज हुनेहरुलाई अस्पतालमै गएर बिदाइ गरेका छन् । 

डिस्चार्ज भएकाहरुलाई प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमा गएर बिदाइ गरेका हुन् । 

रुपन्देहीका बुटवल कोरोना विशेष अस्पताल र भीम अस्पतालबाट कुल २९ जना कोरोना संक्रमित एकैसाथ डिस्चार्ज भएपछि उनीहरुलाई मन्त्री तथा सांसदले अस्पताल नै गएर बिदाइ गरेका हुन् । 

डिस्चार्ज भएसँगै केहीबेर कोरोनालाई जितेकाहरुले नाचगन गरेर खुसियाली मनाएका थिए । 

कोरोना विशेष अस्पतालमा भर्ना भएकाहरुको दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि