काठमाडौं । सरकारले बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि सो दल गठन गरेको हो ।
१३ जना सदस्य रहने सो दल मन्त्रालयका सहसचिव डा.गुणराज लोहनीको संयोजकत्वमा गठन गरिएको छ ।
सो कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिने बताइएको छ ।
उक्त कार्यदल स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयअनुसार सो कार्यदल गठन गरिएको बताइएको छ ।
पछिल्लो सयम प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गरिरहेका बेला मन्त्रालयले कार्यदल गठन गरेको हो ।
सो कार्यदलमा विशेष सदस्यमा प्रा.डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा.खेमबहादुर कार्की, सदस्यमा मन्त्रालयका डा.रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा.सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा.शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा.प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा.राजकिशोर साह छन् ।
यसैगरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा.प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा बाबुराजा अमात्य छन् ।