मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल–भारत सम्बन्ध सम्धी–सम्धीको हो : रायमाझी

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले नेपाल–भारतका चेली एकअर्को देशमा बिहेवारी हुने गरेकाले नेपाल–भारतबीच दाइभाइको सम्बन्ध नभई सम्धी–सम्धीको भएको बताएका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले ०४८ सालयता बनेका कुनै पनि सरकारले हामी भारतको छोटे भाइ होइनौँ, सम्धी हौँ भन्ने हैसियत नराखेको पनि बताएका छन् । 

सांसद रायमाझीले भने, ‘केही कुरामा सम्झौता गर्दै जाने । आफ्नो भ्रमण सफल बनाउने । विगतका भ्रमणमा गएको जम्बो टोली फर्किने भयो ।’ 

भारतले हामीलाई तिमी छोटे भाइ हो, हामी बडे भाइ नमाने पनि हामी आफैँ छोटे भाइ हुने प्रयास गरेको पनि उनले बताए । 

उनले भने, ‘हामी हिन्दूस्तानको छोटे भाइ होइनौँ सम्धी हौँ ।’

जनकपुरमा प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकै वस्त्रमा सजिएको स्मरण गर्दै नेपालको संविधान दोस्रो संशोधान विधेयकको पक्षमा नेपाली कांग्रेस रहेको बताए । 

साथै, उनले शनिबार पारित संविधान संशोधन विधेयकको स्वागत गरेका छन् । 

नेपालभित्रको बाटो भारतले उद्घाटन गरेपछि मात्रै सरकार तातेको बताउँदै उनले नेपालको अतिक्रमित भूमि समेटेर जारी नक्सा निशान छापमा समावेश गर्न संविधानमा संशोधन गरेर मात्र नपुग्ने बताए । 

‘काली नदी पूर्वको भाग नेपालको हो । लपुलेक,लिम्पियाधुरा र कालापानीमा नेपालको स्वामित्व स्थापित गर्न कूटनीतिक रुपबाट पहलकदमी लिनुर्छ, उनले भने ।’

यो पनि