मंसिर ०७, २०८१, शुक्रबार
               

डिनका लागि तीनजनाकाे नाम सिफारिस

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिन पदका लागि तीन जनाको नाम सिफारिस गरिएको हो । 

समितिले प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई डिनका लागि सिफारिस गरेको हो ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि रिक्त सो पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस गरेका नाममध्येबाट एकजना जना डिनमा नियुक्त हुनेछन् ।  

डिनका लागि सफारिस भएकामध्ये  प्रा.डा. वैद्य शिक्षा तथा विज्ञान प्रविधि गिरिराजमणि पोखरेल निकटस्थ मानिन्छन् । 
उनी त्रिवि सहकुलपति पनि हुन् । 

प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने अर्का प्रत्यासी प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।


कस्तो लाग्यो ?

यो पनि