काठमाडाैं । भक्तपुरका सात महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका सात महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।
त्यसैगरी काठमाडौंकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।
कोरोना नियन्त्रणका लागि गरेको लकडाउन सरकारले खुकुलो पारेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी रहिरहेका बेला काठमाडौं र भक्तपुरमा पनि कोरोना देखिएको हो ।
शनिबार नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या आठ हजार ६ सय पाँच पुगेको छ ।
भक्तपुरका सात जनामा संक्रमण पुष्टि भएकामध्ये सबै कुबेतबाट आएका महिला भएको खुलेको छ ।
उनीहरु कुबेतबाट आएर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।