काठमाडाैं । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मी कोरोनामुक्त भई घर फर्केका छन् ।
कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि उनीहरु घर फर्केका हुन् ।
उनीहरुलाई पुनः पिसिआर परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ देखिएपछि घर फर्काइएको हो ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उहाँहरुलाई आज डिस्चार्ज गरिएको बताए ।
‘सङ्क्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन,’ उनले भने, ‘उहाँहरु एक सातापछि काममा फर्किनुहुन्छ ।’
कर्णालीमा यसअघि एक हजार २०१ जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने २७३ रहेको छ ।
सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ ।