काठमाडौं । छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९ का बिरामीहरुको उपचार गर्न सरकारले मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।
सरकारले शनिबार मेडिकल कलेजहरुलाई यस्तो निर्देशन दिएको हो ।
कोरोना संक्रमितहरुका लागि बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन दिएको हो ।