मंसिर ०६, २०८१, बिहीबार
               

गण्डकी प्रदेशका १६ जना सशस्त्र प्रहरी कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरी मध्य २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि