रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको चितवन भरतपुर अस्पतालमा कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि आईसीयूमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो । उनी क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोगका बिरामी थिए ।
योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । जसमध्ये ३ जना चितवनका हुन् भने एक जना हुन् । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १/ १ जना रहेका छन् ।