मंसिर ०७, २०८१, शुक्रबार
               

भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुर अस्पतालले १०० शय्याको आइसोलेसन बनाउने भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या बढेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार भक्तपुर अस्पतालमा कोभिडका बिरामीका लागि एक सय शय्याको अस्पताल बनाउने तयारी गरिएको हो । 

हाल सो अस्पतालमा  १५ वटा शय्या  र पाँच वटा आइसियु कोरोना संक्रमितका लागि छुट्याइएको छ ।

अब बन्ने सो अस्पतालमा सम्भावित संक्रमितलाई राख्नका लागि १० शय्या, संक्रमितलाई राख्नको लागि १०० शय्या र पाँच  आइसियु कोरोना संक्रमितका लागि छुट्याउने तयारी भएको बताइएको छ । 

त्यसैगरी  परिपाटीमा पनि पाँच सय शय्याको अस्पताल बनाउन प्रस्ताव गरिएको छ । भक्तपुर अस्पतालबाटै सञ्चालित भक्तपुरको खरिपाटीमा रहेको २०० शय्याको कोरोना अस्पताललाई पाँच सय शय्याको बनाउन प्रस्ताव गरिएको हो ।

यो प्रस्ताव भने प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयलगायत केन्द्र सरकारका निकायले निर्णय गरेपछि मात्रै विस्तार गर्न सकिने भएकोले खरिपाटीको हकमा भने प्रस्ताव मात्रै गरिएको बताइएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि