मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ मा  पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ महिला छन् भने ८० पुरुष छन् । 

मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश  बाहिरका चारजना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मंगलबारको तथ्यांकअनुसार विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला ६ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष,  रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार जिल्लाबाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश  बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा   कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८३२ पुगेको छ भने आज ४९ जना निको भएर घर फर्केका छन् । हालसम्ममा यस प्रदेशमा निको भएर घरफर्कनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल  ८० हजार ७४५ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि