मंसिर ०७, २०८१, शुक्रबार
               

ठिमी वृत्तका थप पाँचजना कैदीबन्दीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासतमा रहेका थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सोमबार चार पुरुष र एक महिला गरी पाँचजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यसअघि सहकारीको रकम हिनामिना गरेको आरोपमा वृत्तको प्रहरी हिरासतमा रहेका दुई जनामा कोरोना संक्रमण भएको थिए। भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित हितैषी सहकारीको करिब तीन करोड नौ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सात जनामध्ये दुई पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उक्त मुद्दाका बाँकी चार पुरुष र एक महिलामा पनि कोरोना संक्रमण भएको छ। उनीहरु सातै जना २५ दिनदेखि प्रहरी हिरासतमा छन् । उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेसीका लागि प्रस्तुत गर्ने क्रममा कोरोना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अदालत भक्तपुरले अभियोगपत्र फिर्ता गरेको छ। अदालतले सरकारी वकिलको कार्यालयमा अभियोगपत्र फिर्ता गरेको थियो।

अदालतले बाँकी रहेका अन्यको समेत स्वास्थ्य परीक्षण गरेर मात्र अदालतमा पेस गर्न भनेपछि उनीहरुको पनि कोरोना भाइरस संक्रमण परीक्षण गरिएको वृत्तले जनाएको छ। बाँकी पाँच जनाको कोरोना परीक्षण गर्न आइतबार स्वाब लिइएको थियो। त्यस परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए। उनका अनुसार उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ। यसअघिका दुई जनाको उपचार चाँगुनारायण नपा ७ खरिपाटीस्थित आइसोलेसन वार्डमा राखिएको छ । 

प्रहरी नायब उपरीक्षक कँडेलले हिरासतमा रहेका संक्रमितहरुको सम्पर्कमा रहेका वृत्तका प्रहरी कर्मचारीहरुको पहिचान गर्ने कार्य भइरहेको छ। कन्ट्याक्ट ट्रेसिङपछि उनीहरुको पनि कोरोना परीक्षण गरिने उनले बताए। 

यसअघि वृत्तकै तीनजना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै, वृत्तसँगै समुदायका तीन जनामा पनि कोरोना भाइरस संक्रमण भएको थियो। वृत्तमा कोरोना भाइरसका संक्रमित देखिए पनि सचेततापूर्वक सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक कँडेल बताउँछन्। ‘कोरोना भाइरस संक्रमित भेटिएपछि वृत्तको सेवा प्रभावित भएको छ’, उनले भने, ‘तर सेवा रोकेका छैनौँ। सचेततापूर्वक सुरक्षित भएर सेवा दिइरहेका छौँ।’


कस्तो लाग्यो ?

यो पनि