मंसिर ०७, २०८१, शुक्रबार
               

वीरगञ्जमा कोरोनाका कारण थप एकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

वीरगञ्ज । कोरोनाका कारण वीरगञ्ज महानगरपालिका –२४ का  एक वृद्धको मृत्यु भएको छ । ८० वर्षीय वृद्धको वीरगञ्ज  नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

उनी सो अस्पताल आउनुपूर्व हेल्थ केयर कोभिड अस्पतालमा भर्ना भएका थिए । तीन दिनदेखि आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालले बताएको छ । 

सो अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेश चौरसियाका अनुसार ज्वरो आएकाले उनी भदौ १३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । 

उनको कलेजोमा समस्या देखिएको बताइएको थियो । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सोही दिन वीरगञ्‍ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सोमबार ८० वृद्धको मृत्युसँगै वीरगञ्जमा कोरोनाका कारण  ३७ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि