चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।
पूर्वीनवलपरासीको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । कलेजोका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनमा २६ गते कोरोना पुष्टि भएको थियो । सघन उपचारकक्षमा भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०पुगेको छ।