मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाका लागि खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा  सुरक्षाका लागि खटिएका ६७ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जसमा नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जना छन् । 

तर,  प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका पहिलो घेराका सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छैन । स्वाब संकलन गरिएकाले केहीको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।

शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि