मंसिर ०७, २०८१, शुक्रबार
               

लायन्ससँगको सहकार्यमा कीर्तिपुर आँखा अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । लायन्स क्लब काठमाडौं समर्पण र कीर्तिपुर आँखा अस्पतालले सहकार्यमा मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । विश्व आँखा दिवस २०२० को अवसर पारेर मोतिया बिन्दुका १७ बिरामीको आँखाको शल्यक्रिया गरिएको हो ।

यो वर्षको नारा ‘होप इन साइट’ अनुरुप लायन्स क्लबले कीर्तिपुर आँखा अस्पतालसँग मिलेर मोतियाविन्दु लगायत आँखाका अन्य समस्या भएका २९ बिरामीको उपचार गरेको छ ।

उपचारमा बिरामीको आँखाको स्क्रिनिङ पनि गरिएको थियो । परीक्षणमा ५० वर्षभन्दा माथि उमेरका वृद्धाहरुको सहभागिता रहेको थियो । कोरोना भाइरस महामारीको समय भएको हुनाले परिक्षणमा पूर्ण सावधानी अपनाइएको छ ।

८ अक्टोबर भएको यो कार्यक्रममा १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको क्लबले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि