मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ। कातिक २४ मा कोरोना पुष्टि भएका मकवानपुर बकैया ७ का  ६० वर्षीय संक्रमित पुरुषको आज मृत्यु भएको हो । उनी ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका थिए।

योसँगै मकवानपुरमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। जिल्लामा उपचाररत संक्रमितको संख्या ४ सय ३४ पुगेको छ। ३ हजार २ सय ५४ संक्रमणमुक्त र कुल संक्रमित ३ हजार ७ सय १२ छन् ।

यो पनि