मंसिर ०७, २०८१, शुक्रबार
               

अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले अस्पतालहरुलाई कोरोना संक्रमितको संख्या बढ्न सक्ने संकेत गर्दै उपचारका लागि तयारी रहन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैठकले कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको जानकारी दिए । 

मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडियु बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

२०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि