काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेको भेरी अस्पतालमा उपचाररत एक स्टाट नर्सको मृत्यु भएको छ ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै ६ दिनअघि भेरी अस्पतालमा भर्ना गरिएकी ती गर्सलाई तीन/ चार दिनयता भेन्टिलेटरमा राखेर गरिँदै आइएको थियो । मृतक नर्स तीन महिनाकी सुत्केरीसमेत थिइन् ।