काठमाडौं । भारतमा स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ । टाइम्स अफ इण्डियाका अनुसार कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण महाराष्ट्रको यवतमालमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा उनीहरुको मृत्यु भएको हो ।
कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएसँगै भारतमा केही दिनयता लकडाउन गरिएको छ । लकडाउनका कारण रक्सी पसलहरु बन्द छन् । हुँदा मानिसहरुले स्यानिटाइजर पिएको र त्यसक्रममा ७ जनाको मृत्यु भएको
समाचार एजेन्सी एएनआईले प्रहरी अधिकारीहरुलाई उदृत गर्दै जनाएअनुसार मृत्यु हुने सबैजना मजदुर हुन् । रक्सी नपाएपछि उनीहरुले स्यानिटाइजर पिएको प्रहरीले जनाएको छ।