एजेन्सी । विश्वभर मानिसमा फैलिएको कोरोना भाइरसको संक्रमण जंगली जनावर बाघमा पनि भेटिएको छ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
अमेरिकाको कृषि विभागले अन्य ६ वटा बाघमा पनि कोरोना संक्रमणको लक्षण देखिएको जनाएको छ । उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि बन्द गरिएको छ ।
यसअघि विभिन्न घरपालुवा जनावरमा कोभिड–१९ को संक्रमण देखिएको थियो । हङकङमा पोमेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।