मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय नर्सको टोली युएई प्रस्थान

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरूको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरूलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । 

यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन् । 

भारतमा एस्टर अस्पतालमा क्रिटिकल केएर विषयमा तालिमप्राप्त ती नर्सहरूलाई दुबईस्थित कोरोनाभाइरस उपचार केन्द्रहरुमा खटाइने छ । 

एस्टर डिएम हेल्थकेएरका संस्थापक अध्यक्ष डा आजाद मूपेनले नर्सहरुको परिचालनले दुबै मुलुकबीचको गहिरो र विश्वासिलो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताए ।

दुबई सरकारले दुबई वल्र्ड ट्रेड सेन्टरमा सामान्य किसिमका बिरामीको उपचार गर्न तीन हजार शैयाको फिल्ड अस्पताल निर्माण गरेको छ । 

दुबई स्वास्थ्य प्राधिकरणका महानिर्देशक हुमेद अल कुतामीले कोरोनाभाइरससँग जुध्न दुबई सरकारले पर्याप्त तयारी गरेको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि