काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सबै सदस्य मुलुक कोरोना संक्रमणको मारमा परेका छन् ।
क्षेत्रफल र जनसंख्याको आधारमा सबैभन्दा ठुलो भारतमा सर्वाधिक असर परेको छ । यो सामग्री तयार गर्दासम्म भारतमा ८१ हजार ९१७ जना संक्रमित पुगेका छन् भने २ हजार २४९ जनाको मृत्यु भइसकेको छ । उपचारपछि निको हुनेको संख्या २७ हजार ९६९ जना छ ।
सबैभन्दा कम असर परेको भुटानमा २० जना संक्रमित छन् । त्यसमध्ये ५ जना निको भइसकेका छन् । नेपाल र भुटानबाहेक सबैले मानवीय क्षति भोगिसकेका छन् ।
क्रम संख्या | देश | संक्रमित | मृत्यु | निको |
---|---|---|---|---|
१ | भारत | ८१,९९७ | २,६४९ | २७,९६९ |
२ | पाकिस्तान | ३५,७८८ | ७७० | ९,६९५ |
३ | बंगलादेश | १८,८६३ | २८३ | ३,३६१ |
४ | अफगानिस्तान | ५,६३९ | १३६ | ६९१ |
५ | माल्दिभ्स | ९८२ | ४ | ४५ |
६ | श्रीलंका | ९२५ | ९ | ४४५ |
७ | नेपाल | २४९ | ० | ३५ |
८ | भुटान | २० | ० | ५ |