काठमाडाैं ।चीनका विदेश मन्त्री वाङ यीले कोरोना भाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने सोच्नु दिवा सपना हुने बताएका छन् ।
चीनको वुहान सहरबाट कोरोना भाइरस बाहिरिएको आरोप अमेरिकाले लगाइरहेका बेला आइतबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री यीले यस्तो बताएका हुन् ।
अमेरिकाले चीनमाथि कोरोना भाइरस फैलाएको, सुरुमा सूचना लुकाएकोजस्ता आरोप लगाइरहेका अवस्थामा यीले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने बताएका हुन् ।
संवाददाताहरुसँग यीले अमेरिकाका केही राजनीतिक शक्तिले दुई देशको सम्बन्धलाई बन्धक बनाएर नयाँ कोल्ड वारको सम्मुख धकेलिरहेको बताए ।
दुई देशबीच व्यापार युद्ध चलिरहेकै बेला चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले उनीहरूको सम्बन्धलाई झन् कमजोार बनाएको छ ।