काठमाडौं । कोरोना भाइरसले विश्वभरलाई पिरोलिरहेको छ । सार्क सदस्य मुलुकमध्ये भारत तेस्रो बढी संक्रमित मुलुकमा परेको छ । भारतभन्दा बढी अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् ।
यो सामग्री तयार पार्दासम्म भारतमा ७ लाख ६९ हजार संक्रमित पुगिसकेका छन् भने २१ हजार १४४ जनाको मृत्यु भइसकेको छ ।
सार्क आठ सदस्यमध्ये भारतपछि प्रभावित भएको पाकिस्तान हो । त्यहाँ २ लाख ४० हजारमा संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या पाँच हजार पुग्न लागेको छ ।
भुटान सबैभन्दा कम प्रभावित मुलुक हो । त्यहाँ मृत्यु शून्य छ । अहिलेसम्म ८० जनामा संक्रमण देखिएकोमा ५५ जना निको भइसकेका छन् ।
हेर्नुस् विवरण
देश | संक्रमित | मृत्यु | निको | |
---|---|---|---|---|
१ | भारत | ७,६९,०५२ | २१,१४४ | ४,७६,५५४ |
२ | पाकिस्तान | २,४०,८४८ | ४,९८३ | १,४५,३११ |
३ | बंगलादेश | १,७२,१३४ | २,१९७ | ८०,८३८ |
४ | अफगानिस्तान | ३३,५९४ | ९३६ | २०,७०० |
५ | नेपाल | १६,४२३ | ३५ | ७,७५२ |
६ | माल्दिभ्स | २,५१७ | १३ | २,१८० |
७ | श्रीलंका | २,०९४ | ११ | १,९६७ |
८ | भुटान | ८० | ० | ५५ |