मंसिर ०७, २०८१, शुक्रबार
               

इराकमा सन् २०२१ को जुन ५ मा संसदीय निर्वाचन हुने

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका छन् । उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरे । 

“म यो घोषणा गर्न चाहन्छु की आगामी सन् २०२१ को जुन ५ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सवैको सहयोग र समर्थन हुनुपर्दछ,” उनले भने ।

टेलिभिजन सन्देशका क्रममा उनले अब हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिए । उनले निर्वाचनका लागि आवश्यक सवै कानून पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गरेका छन् । 

उनले अन्तरराष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराए ।


कस्तो लाग्यो ?

यो पनि