एजेन्सी । अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो । घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।
राष्ट्रपति ट्रम्पले भने, ‘स्थिति नियन्त्रणमा छ।’ उनले अमेरिकी गुप्तचर सेवाका सुरक्षाकर्मीहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको बताएका छन् ।
ट्रम्पले यस घटनामा कस्तो व्यक्तिको संलग्नता थियो भन्ने विषयमा आफूलाई थाहा नभएको पनि बताए । घटनापछि संदिग्ध मानिसलाई अस्पताल लगिएको बताइएको छ भने ट्रम्पलाई सुरक्षित रुपमा उनको निवास लगिएको छ । – बीबीसी