मंसिर ०६, २०८१, बिहीबार
               

चीन र न्युजिल्यान्डबीच व्यापार सम्झौता अद्यावधिक

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्‍याउने बताइएको छ । 

चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंकमार्फत हस्ताक्षर गरेका हुन् । 

सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो । 

क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ । 

साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । 

न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ । 


कस्तो लाग्यो ?

यो पनि