मंसिर ०७, २०८१, शुक्रबार
               

मध्यपश्चिमाञ्चल र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता भएको छ ।

दुई विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने उद्देश्यअनुरुप शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अन्तर्राष्ट्रिय सम्बन्ध कायम तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापनाका लागि गरिएको बताइएको छ । 

दुई विश्वविद्यालयबीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान/प्रदान हुनेछन् । यसका अलवा दुवैै विश्वविद्यालयले सामूहिक रुपमा अनुसन्धान तथा परियोजना  अगाडि बढाउनेछन् ।  

दुई विश्वविद्यालय बीच भएको सम्झौताको अवधि सम्झौता मितिदेखि पाँच वर्षको रहने बताइएको छ  ।यसैगरी, विभिन्न लेक्चर तथा गोष्ठी आयोजना गरिनेछ । 

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयका लागि प्रख्यात छ।यस विश्वविद्यालयमा स्वास्थ्य, संचार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापनलगायत विषय पढाइ हुन्छन् ।

यो पनि