उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पत्त्तिबारे जारी गरको श्वेशपत्रमा आफूलाई मुछने काम गरिएको भन्दै पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठक शर्माले यस्तो आपत्ति जनाएका हुन् । उनले तथ्य र यथार्थविपरीत सो श्वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै सरकार तथा रक्षामन्त्री पोखरेलको चर्को शब्दमा आलोचना गरेका हुन् ।
नेपालभित्र विवाद चुलिँदै गर्दा नेता शर्माको यस्तो अभिव्यक्ति आएको हो । सांसद शर्माले श्वेतपत्रका नाममा कसैलाई नतर्साउन चेतावनी पनि दिए ।
शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते राजीनामा दिएको तर २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफूलाई तर्साएर आत्मसमर्पण गराउन खोजिएको भए त्यो सह्य नहुने बताए ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले तथ्यहरूनै गलत राखेर जारी गरिएकोलाई श्वेतपत्र भन्ने कि अश्वेत भन्ने भनी व्यंग गरेका थिए ।
शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते राजीनामा दिएको तर २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफूलाई तर्साएर आत्मसमर्पण गराउन खोजिएको भए त्यो सह्य नहुने बताए । उनले आफू असत्यको सामु कहिल्यै नझुक्ने बताए ।
नेता शर्माले भने- 'सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ । तर जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन । कसरी विश्वास गर्ने यहाँ विश्वासको सङ्कट पर्यो ? नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ।' उनले आफ्नो नाम मुछिएकोमा प्रधानमन्त्री र रक्षामन्त्रीको जवाफ पनि मागेका थिए । आफूले सरकारविरुद्धमा कुनै गलत नबोलेको भए पनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न थपेका थिए ।
सांसद शर्माले आफ्नोबारेमा केही स्पष्ट पनि गरेका थिए । ‘मैले कुनै गलत कुरा त बोलेको छैन तर राज्य व्यवस्था समितिमा ऐनहरू आउँछन्, जो ऐन संविधानभन्दा बाहिर हुन्छन् । त्यसको संशोधनको पक्षमा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को विकास समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तीव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरू केही गरेको छैन ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरूमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशङ्का उब्जाएको बताए ।
श्वेतपत्रमा लेखिएकोबारे बुझ्न ट्रस्टको कार्यालयमा गएर निवेदन दिए पनि त्यहाँका कर्मचारीले कागजपत्र नै नदिएको आरोप उनले लगाए । शर्माले ट्रस्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ शिराबाट अघि बढ्न सुझाव दिएका थिए ।