काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको संयुक्त छलफल सकिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी छलफलमा त्यस्तो कुनै ठोस औपचारिक कुरा नभई अनौपचारिक छलफल भएको बताइएको छ ।
तर, छलफलमा भोलि सचिवालय बस्ने, त्यसपछि स्थायी कमिटीमा मिलेर जाने अनौपचारिक सहमित भएको जनाइएको छ ।
त्यस्तै, छलफलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने निर्णय गरेको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।
छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीको सहभागी थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।