मंसिर ०७, २०८१, शुक्रबार
               

सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

नेकपा सांसद पदम गिरीले सीमामा पर्खाल लगाउने हाे भने त्यसका लागि सरकारलाई आफूले पारिश्रमिक सबै दिन तयार रहेको बताए । उनले भने,  सीमा विवाद समाधानका लागि सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु । 

सांसद गिरीले भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्‍वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्नेसमेत बताए ।


कस्तो लाग्यो ?

यो पनि