काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ । कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बाेलाइएकाे छ ।
भारतले लिपुलेक पनि समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।