मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा पुनः ढुङ्गेल

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । 

यसअघि उनी २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । 

उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो । 

युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । 

नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । 

ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । 

यो पनि